
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार राति नै अस्पताल भर्ना भएका छन् । राती ११ बजे मुटुको चालमा केही तलमाथि देखिएकोले प्रधानमन्त्री ओलीलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।
दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि ओलीलाई डिस्चार्ज गर्ने बेला उनको उपचारमा संलग्न चिकित्सकले उनी अझै पनि सक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन सुझाव दिएका थिए। तर आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस