
काठमाडौं । देशैभरी मेडिकल किटको अभावमा कोरोना भाइरसका विरामीको उपचार हुन नसकिरहेका घटनाहरु बाहिर आइरहेका छन् । विभिन्न व्यापारीहरुले आफै जोहो गरेर मेडिकल सामाग्री सरकारलाई सहयोग गरिहेका छन् । तर, बिहीबार एक संस्थाले सरकारलाई विभिन्न मेडिकल समाग्री डोनेसन गर्नका लागि मन्त्रालय पुगेका डोनरहरुलाई स्वास्थ्य तथा जनसंख्या सचिव यादवप्रसाद कोइरालाले तथानाम गालि गरेर पठाएको गुनासो आर्थिक न्यजसँग गरेका छन् ।
उनीहरुले टेकुअस्पतालका लागि उक्त मेडिकल सामाग्रीहरु सहयोग गर्नका लागि तयार गरेका थिए तर टेकु अस्पतालले उक्त सामाग्री मन्त्रालय मार्फत मात्र लिने भनेपछि उनीहरु मन्त्रालयमा सचिवसँग सम्पर्क गरेर गएका थिए । तर, सचिवले भने चीनबाट नेपाललाई आवश्यक पर्ने मेडिकल सामाग्री खरिद गर्न लागि सकेकाले हामीलाई अब अरु कसैको पनि सामाग्री नचाहिने भन्दै उक्त मेडिकल सामाग्री लिन मानेनन उनीहरुले भने ।
उनीहरुले ह्याण्ड सेनिटाजर, एन ९५ मास्क, पीपीई किड् सेट लगायतका सामाग्री लिएर मन्त्रालय पुगेका थिए । उपत्यकाका धेरै जसो अस्पतालमा मेडिकल किट नभएका कारणले स्वास्थ्यकर्मीहरुले विरामीको उपचार नै नगर्ने भनिरहेका बेलामा मन्त्रालयमा नै ल्याएको उक्त सामाग्री सचिवले लिन किन अस्विकार गरे ? अनि उनले अब एक दुई दिनमा नै चीनबाट प्रर्याप्त सामान खरिद गर्ने भनेर किन भने ? खरिद गरेर ल्याउने र देशकै संस्थाहरुले सहयोग गरेर ल्याउने सामानमा फरक त पक्कै होला ?
चिनियाँ व्यापारीसँग नेपाली व्यापारीले उक्त मेडिकल सामाग्री खरिद गर्ने हो र उक्त सामान नेपाल सरकारले रकम खर्च गरेर किन्ने हो ? यहा सचिव कोइरालासँग नेपाली व्यापारीसँग साँठगाठ हुन पर्यो चीनबाट व्यापारीले ल्याउने सामाग्री खपत नहुने भएकाले स्वदेशी संस्थाहरुले फ्रिमा दिने संस्थाहरुको सामान नलिने भनेका हुन कि ?
प्रतिक्रिया दिनुहोस