aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

अवस्था बुझ्न राज्यमन्त्री मानन्धर सडकमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ चैत्र २०७६
अवस्था बुझ्न राज्यमन्त्री मानन्धर सडकमा

काठमाडौं । कोरोना भाइरसबाट बच्न जारी गरिएको लकडाउनमा काठमाडौँका सडकको अवस्था बुझ्न शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर स्थलगत अवलोकनमा निस्केका छन ।

सरकारले उपत्यकाका खाल्डाखुल्डी पुर्ने र  कालोपत्र गर्ने कामलाई तीव्रता दिएसँगै पछिल्लो अवस्थाबारे राज्यमन्त्री मानन्धरले पैदलबाट अनुगमन गरेका हुन । शुक्रबार बिहान राज्यमन्त्री मानन्धरले बालाजु चोकदेखि सोह्रखुट्टेसम्म कालोपत्र गरिएको सडकको अनुगमन गरे । उनले बालाजु नयाँबजारस्थित विष्णुमती करिडोरको लिङ्क रोडमा गर्न लागिएको कालोपत्रका बारेमा पनि अवलोकन गरे  । सडक कालोपत्र र रेखाङ्कनको अवस्थाबारे अनुगमन गर्दै मानन्धरले बालाजु क्षेत्रमा हुने जाम घटाउनका लागि बालाजु पुलको तलबाट अण्डरपास निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनले काठमाडौं उपत्यकामा कालोपत्र गरिएका र हुन लागेका सबै स्थानको अवलोकन तथा निरीक्षण गरिने बताउँदै ठेकेदारले गुणस्तर कायम नगरिएको पाइए कारवाही हुने स्पष्ट गरे  ।

उनले काठमाडौँको सवारी चापको व्यवस्थापनका लागि उपत्यकाका नदी किनारका करिडोर सडकको खाली स्थान पहिचान गरेर पार्किङ व्यवस्थापन थालिने बताउँदै ट्राफिक प्रहरी महाशाखासँग समन्वय भइरहेको पनि बताए । रासस

प्रतिक्रिया दिनुहोस