aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

भारतबाट आएका ३११  क्वारेन्टाइनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ चैत्र २०७६
भारतबाट आएका ३११  क्वारेन्टाइनमा

डाेटी । भारतका विभिन्न शहरबाट काम गरेर  आफ्ना घर फर्किएका ३११  स्थानीवासीलाई क्वारेन्टाइनमा राखिएको छ ।

पुरुष २५८, महिला २८ र बालबालिका २५ जना जिल्लाका विभिन्न स्थानमा बनाइएका क्यारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरिक्षक दिलीपसिंह देउवाले जानकारी दिए । 

उनका अनुसार आज मात्रै कैलाली र कञ्चनपुर क्षेत्रबाट  कम्तीमा पनि १५ जना डोटीका बासिन्दा आउँदै छन् । कैलालीबाट आउँदै गरेकाहरुलाई पनि सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्नका लागि व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कामका लागि भारत गएका जिल्लावासी अहिले भारतमा उनीहरु काम गर्ने कम्पनी बन्द हुन थालेपछि  घर फर्किन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस