
काठमाडौं । लकडाउनका कारण नेपालमा अलपत्र परेका ३ सय चार जना विदेशी नागरिकलाई आज बिहान ११.४५ बजे कतार एअरवेजले दोहो लगेको छ । लकडाउनका कारण नेपाल घुम्न हिमाली क्षेत्रमा पुगेका जर्मन, फ्रान्स तथा युरोपीयन मुलुकका यात्रुलाई लिनका लागि आज बिहान सवा १० बजे कतार एअरवेजको विमान काठमाडौं आएको थियो ।
जर्मन तथा फ्रेन्ज दूतावासले आफ्ना नागरिकहरुलाई उद्धार गरी स्वदेश लैजान विमान चार्टड गरेका हुन् । उक्त विमानमा एक सय ९० जना जर्मनी नागरिक गएका छन् भने वाँकी भने अन्य युरोपियन देशका नागरिक रहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले आर्थिकन्युजलाई बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुहरुलाई बोकेर विमान कतारको दोहा पुग्नेछ । कतारबाट अर्को चार्टड फ्लाइट गरेर जर्मन, फ्रान्सलगायतका देशमा ती यात्रुहरुलाई पुराइनेछ ।
प्रतिक्रिया दिनुहोस