aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

क्वारेन्टाइनमा बस्नेलाई ४ पटक खाना, एक अर्काको दूरी ३.५ फिट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ चैत्र २०७६
क्वारेन्टाइनमा बस्नेलाई ४ पटक खाना, एक अर्काको दूरी ३.५ फिट

काठमाडौं । सरकार तयार पारेको नयाँ क्वारेन्टाइन मापदण्ड व्यबस्थीत बनाएको छ ।  ‘कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड – २०७६’  तयार पारेको हो । कोरोना भाइरस कोडिभ १९ को शंका लागेका व्यक्तिहरुलाई राखिने स्थान क्वारेन्टाइनको मापदण्ड परिमार्जन गरेका नयाँ मापदण्ड बनाएको छ ।   

महामारी रोगको शंका लागेका व्यक्ति क्वारेन्टाइनमा १४ दिनदेखि १७ दिनसम्म कस्दा उचित सुरक्षा र खानपानको व्यवस्थासहित सरकारले क्वारेन्टाइन मापदण्ड तयार पारेको हो ।

नयाँ मापदण्डमा क्वारेन्टाइनबाट कोही व्यक्ति भाग्न लागेको देखेमा सो बारेमा जानकारी दिनु समेत त्यहाँ रहेका व्यक्तिको जिम्मेवारी हुने उल्लेख छ । 

क्वारेन्टाइनमा बस्ने विरामीको खानपानमा समेत नयाँ मापदण्डले विशेष ध्यान दिएको छ । विरामीले प्रत्यक दिन ४ पटकसम्म खाना खान पाउने व्यबस्था गरिएको  छ । विरामीले बिहान साढे ७ बजे चिया, दिउँसो साढे ११ बजे दिवा खाना, अपराह्न साढे २ बजे खाजा र साँझ साँढे ७ बजे रात्रि खानाको व्यवस्था गरिएको छ ।

क्वारेन्टाइनको स्थानमा शंका लागेका व्यक्ति राख्ने स्थान कोठाको व्यवस्थापनमा समेत नयाँ मापदण्डले ध्यान दिएको छ । शंका लागेको व्यक्ति राख्ने कोठा एक व्यक्तिबाट अर्को व्यक्ति दुरी ३.५फिट हुन पर्ने छ । 

उक्त क्वारेन्टाइनमा बस्ने व्यक्तिले गर्न हुने र नहुने कामको पनि मापदण्ड बनाएको छ । महामारी रोगको शंका लागेको व्यक्तिले उक्त स्थानमा बस्दा सुर्तिजन्य र मादक पदार्थ सेवन गर्न पाइने छैन । त्यस्तै क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मीका लागि समेत नयाँ मापदण्ड निर्माण भएको छ । 

यस्तो रहेछ नयाँ मापदण्ड

प्रतिक्रिया दिनुहोस