
काठमाडौं । प्रहरीले सरकारले लागु गरेको लकडाउन उल्लंघग गरि सडकमा निस्किएकालाई दुरी कायम गरेर समात्ने नयाँ उपकरण ल्याएको छ । लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिँदा कोरोनाको संक्रमण सर्छ भनेर अनिवार्य शारिरिक दुरी पनि कायम गर्नुपर्ने भएकाले प्रहरीले ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’ ल्याएको हो ।
प्रहरीलाई पनि कोरोना भाइरसको संक्रमणको जोखिम रहेकोले यस्तोमा प्रहरीले नयाँ जुक्तिसहित मेसिन ल्याएको छ। लकडाउन उल्लंघन गर्दै मानिसहरु सडकमा निस्किदिएपछि प्रहरीलाई जोखिम बढेको बेलामा उपत्यकामा मेसिनबाट मानिस समात्न थालिएको हो।
निश्चित शारीरिक दूरी कायम गर्ने गरी मेसिनबाट प्रहरीले मानिस पक्राउ गरिरहेको छ। प्रहरीले यसअघि पञ्जा लगाएर समात्दा पनि थु्क या र्यालयबाट कोरोना भाइरस सर्ने जोखिम उस्तै हुन्छ। काठमाडौं उपत्यकाबाट लकडाउनमा सडकमा निस्किने मानिसलाई समात्न यस्ता दुईवटा मेसिनको प्रयोग गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस