aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

सांसद बानियाँद्धारा तीन गाउँपालिकालाई ५ लाख  सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ चैत्र २०७६
सांसद बानियाँद्धारा तीन गाउँपालिकालाई ५ लाख  सहयोग

काठमाडौं । बागमती प्रदेशका सासद तथा नेपाली काग्रेस नेता इन्द्रबहादुर बानियाँले आफ्नो निर्वाच क्षेत्रमा पर्ने तीन गाउँपालिकालाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन । बानियाँले कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मकवानपुरका तीन वटा स्थानीय तहलाई ५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन ।

सांसद बानियाँले राक्सिराङ, मनहरी र कैलाश गाउँपालिकामा रहेका असंगठित मजदुरका लागि भनेर ५ लाख उपलब्ध गराउने घोषणा गरेका सासद बानियाँले जानकारी दिए । उनले भने, यी गाउँपालिकामा रहेका असंगठित रुपमा रहेका मजदुरको दैनिकी चलाउनका लागि केहि रकम गाउँपालिका कोषमा जम्मा गरेर सबैलाई सहयोग गर्नका लागि आवहान गरेको हुँ । 


बानियाँले राक्सिराङ गाउँपालिकालाई २ लाख, मनहरीलाई एक लाख र कैलाश गाउँपालिकालाई २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । स्थानीय तहले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी राहत रकम उपलब्ध गराउने उनले बताए ।

सांसद बानियाँले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै न्यून आय भएका विपन्न, लोपोन्मुख, सीमान्तकृत वर्गमा खाद्य संकटको सम्भावनालाई मध्यनजर गर्दै अत्यावशकीय खाद्य सामाग्री उपलब्ध गराउन प्रदेश सरकारसमक्ष माग समेत गरेका छन् । स्वास्थ्यकर्मीका लागि केहि ज्वरो नाप्ने मेसिन र पर्सनल प्रोटेक्टिभ इक्वप्मेन्ट(पीपीई) सामग्री समेत उपलब्ध गराने योजनमा रहेको उनले बताए । 
 

प्रतिक्रिया दिनुहोस