
काठमाडौं । कोरोना भाइरस कोडिभ १९का बारेमा जानकारी दिन शुक्रबार स्वास्थ्य तथा जनंसख्या मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा शनिबारदेखि नयाँ वेवसाइट र नयाँ एप्स सार्वजनिक गर्ने बताएको छ । शुक्रबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्रीका सल्लाहकार डा.खेम कार्कीले शनिबारदेखि नयाँ एपस र वेवसाइट सार्वनिक गर्ने बताएका हुन ।
बजारमा हाल आइरहेका पर्सनल प्रोटेक्टिभ इक्वप्मेन्ट(पीपीई) सामन गुणस्तर भए नभएको जाँच नगरि कसैलाई पनि प्रयोग गर्न मन्त्रालयले नभन्ने उनले जानकारी गराए । विश्वमा अहिले पीपीई अभाव भएका कारणले हामीले यस्ता सामग्री प्रयोग गर्दा ध्यान दिन पर्ने समेत बताए । हामीले प्रयोग गरेको सामग्री गुणस्तर भएन भने स्वास्थ्यकर्मी झन जोखिममा पर्ने उनको भनाइ थियो ।
उनले भने, कोरोना भाइरसको उपचार भनेको एक मिटर दूरी मात्र हो, सामाजिक दुरी कायम गरियो र कोहिसँग पनि कुराकानी गर्दा एल आकारमा रहेर कुराकानी गरियो भने कोरोनाको लडाइमा हामी सफल हुनेछौं ।
नेपालमा हालसम्म तीन जनामात्र कोरोनाको संक्रमित विरामी भेटिएका र उनीहरुमध्ये एक जना ठिक भइसकेको उनले जानकारी दिए । उनका अनुसार हालसम्म नेपालमा तीन जना बाहेक अन्यमा कोरोनाको संक्रमण नभएको र तीन जनाले पनि विदेशमा रहदा संक्रमणमा परेको बताए । हालसम्म नेपालमा तीन जनाबाहेक अन्य स्थानीयहरुलाई कोरोना भाइरसको संक्रमण भएको फेला नपरेको उनले जानकारी दिए ।
त्यस्तै आजसम्म ८०२ वटा परिक्षण गरिएकोमा ३ जनामात्र संक्रमणमा परेका केश आएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी गराए । त्यस्तै उनले उपत्यकाका कान्ति बाल अस्पतालमा ३ जना, पाटनमा ६ जना र टेकु अस्पतालमा ४ जना शंकाष्पद विरामीलाई आइसोलेसनमा राखिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस