aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

पूरा सिलिण्डर ग्यास बेच्नेलाई अब कारवाही

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ चैत्र २०७६
पूरा सिलिण्डर ग्यास बेच्नेलाई अब कारवाही

काठमाडौं । सरकारले चैत ११ देखि १८ गतेसम्म देश लकडाउन गरेपछि आम उपभोक्ता ग्यास पाइदैन भन्ने त्रासमा छन् । लकडाउनअघि देखिनै ग्यास नपाएर लाइन बसिरहेका आम उपभोक्तालाई  लकडाउनपछिको आधा सिलिण्डर ग्यास दिने सरकारी रणनीतिले अझ त्रसित गराएको छ । तर सरकारले भने अब भोलि देखि आधा सिलिण्डर ग्यास बेच्नेलाई कारवाही गर्ने भएको छ । नेपाल आयत निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले स्टोरेजलाई कम गर्न तथा कालोबजारीलाई रोक्न आधा सिलिण्डर ग्यास वितरण गर्ने रणनीति बनाएको बताए । ‘अब भोलिदेखि पूरा सिलिण्डर ग्यास बेच्नेलाई कारवाही गर्छु ।’ 

उपभोक्ताहरू २०७२ को भूकम्पपछिको नाकाबन्दीलाई स्मरण गर्दै आफूसँग भएका सबै सिलिण्डर भर्न तिर लागे, बजारमा ग्यास अभाव देखियो,’ कार्यकारी निर्देशक ्र पौडेलले भने ‘ ग्यास कालोबजारी भयो लुकाइयो भन्ने अत्यधिक जनगुनासो आयो ।’ कालो बजारीलाई निरुत्साहित गर्न आधा सिलिण्डर ग्यास वितरण गर्न लागेका हौं ।’ 

‘ग्यास नपाइने होइन, सामान्य अवस्थाको भन्दा बढी ग्यास आएको छ,’ उनले भने ‘यस्तो अवस्थामा बजारमा भएको सिलिण्डर निकाल्न हामीसँग आधा सिलिण्डर ग्यास दिनुभन्दा अर्को विकल्प थिएन ।’ आज सम्ममात्रै फूल सिलिण्डर पाइन्छ । भोलिदेखि आधा सिलिण्डर बेच्ने हो । 
उनकाअनुसार  आम उपभोक्ताबाट साट्ने सिलिण्डर पाइएन नयाँ किन्न पाइन्छ भन्ने व्यापक जन गुनासो आयो । १४.२ को सिलिण्डर नै नभएपछि कालोबजारी हुने भएन, आम जनतालाई राहत दिन यो विधि अपनाइएको हो ।

 बजारमा भएका खाली सिलिण्डर तानेर भर्न यो रणनीति अपनाइएको हो । एउटा सिलिण्डरले सामान्यतया परिवारलाई एक महिना पुग्छ । अब एक महिनाको स्टोरेजको ठाउँमा १५ दिनमात्रै हुने उनले बताए । अबको १५ दिनमा सबै सिलिण्डर साइकलमा आइसक्छ । सामान्यतया दिनमा २ लाख सिलिण्डर जान्छ । अहिलेको उद्योग तथा होटलहरू बन्द भएकोले दैनिक १ लाख ५० हजार सिलिण्डर बजार पठाउने हाम्रो योजना हो । ग्यासका १५ लाख उपभोक्ता छन् । तर, सिलिण्डर भने १ करोड २० लाख छ । 

खाली सिलिण्डर देख्ननै नहुने भयो घरमा ग्यास स्टोरनै गरेर राख्नै पर्ने भएका कारण सिलिण्डर समेत स्टोर भएर बस्यो । मूल्यमा फरक पर्दैन । ग्यास नपाइने होइन । अर्को होटल बन्द छ त्यहि पनि माग डब्बल तेब्बरले वृद्धि भएको छ । माग एक्कै पटक डब्बल तेब्बर हुँदैन, १०÷१५ प्रतिशत बढ्ने हो ।  ग्यास सधैभन्दा बढी नै आइरहेको छ । आजदेखि ग्यास वितरण संयन्त्र परिवर्तन गरेका छौं । भिडभाड कम हुने गरी क्षेत्र छुट्याएर ग्यास बाड्न थालिएको छ । 
 

प्रतिक्रिया दिनुहोस