aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

ताजा तरकारी पाइएन ? मनोहरा कृषि बजारलाई फोन गर्नुस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ चैत्र २०७६
ताजा तरकारी पाइएन ? मनोहरा कृषि बजारलाई फोन गर्नुस्

काटमाडौँ । सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन साताव्यापी लकडाउन गरेको छ । यही मौकामा केही व्यापारीले गैरकानूनी रुपमा बढी नाफासमेत कमाउन थालेका छन् ।

सामान उपलब्ध भए पनि नदिने र बढी मूल्य लिएर बिक्रीसमेत गरेका छन् । यद्यपि सरकारले त्यस्ता व्यापारीलाई कारवाहीसमेत गरिरहेको छ । संसार नै कोरोनाको महामारीसँग जुधिरहेका बेला सबै व्यापारी उस्तै छैनन् । उनीहरुले व्यापारसँगै नागरिकलाई सेवासमेत उपलब्ध गराएका छन् । उनीहरुले नागरिकलाई सहज रुपमा तरकारी तथा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने आफ्नै संयन्त्रसमेत तयार पारेका छन् । ती मनकारी व्यक्ति हुन् कानून कोइराला । कोइरालाको काठमाडौँ पेप्सीकोलामा मनोहरा कृषि बजार छ ।

लकडाउनको समयमा दैनिक ताजा तरकारी खान नपाएको गुनासो आएपछि कोइरालाले नयाँ उपाय निनिकालेका छन् । उनले काठमाडौँ उपत्यकाभित्र सहज रुपमा हरिया, ताजा तरकारी लिन चाहने उपभोक्तालाई चोक चोकमा आफ्नै सवारी साधनमार्फत तरकारी उपलब्ध गराउने योजना बनाएका छन् । 

कानून कोइरालाले शुरु गर्न लाग्नुभएको सो अभियानको आज सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । रासससँगको सम्पर्कमा आउनुभएका कोइरालाले भन्नुभयो, “लकडाउनको समयमा उपभोक्ताले सहज मूल्यमा ताजा तकारी पाउन् भन्ने ध्येयका साथ मोबाइल भ्यानमार्फत तरकारी उपलब्ध गराउन लागेका छौँ ।” उनले उपत्यकाभित्र जुन स्थानमा तरकारी आवश्यक परेको छ, सम्पर्क गर्न फोन नम्बरसमेत दिएका छन् । उनले ९८४३६६१९९० नम्बरमा फोन गरेर तरकारीको माग गर्न सक्ने जानकारीसमेत दिए । 

कृषकले सहज रुपमा आफ्नो उत्पादन बिक्री गर्न सकुन्, उपभोक्ताले पनि लकडाउनको समयमा बढी मूल्य तिर्नु नपरोस् र व्यवसायीले पनि व्यवसाय गर्न पाउन् भन्ने ध्येयका साथ तरकारी बिक्रीको मोडालिटी बनाएको कोइरालाले राससलाई जानकारी दिए । उने भने, “लकडाउनको बेलामा नाफा कमाउनेतर्फ मात्रै हेर्नुभएन । नागरिकलाई केही राहतसमेत दिनुपर्छ । संसार नै महामारीसँग जुधिरहेका बेला जसले जे जस्तो योगदान गर्न सक्छौँ गरौँ ।”

उनले एउटा चोकमा तरकारी माग भएको खण्डमा एक हजार किलोग्रामसँग तरकारी बेच्ने लक्ष्य राखिएको छ । “ माग आओस्, हामी सहज रुपमा परल मूल्यमा नै तरकारी दिने गरी तयारी गरिएको छ । हामी हाम्रा मिनी ट्रकमार्फत तरकारी आपूर्ति गर्छौं” उनले भने, “सङ्कटको समयमा नाफा मात्र नहेरौँ ।” उनले भीडभाड नगरीकन एक मिनेटमा एकजनाले तरकारी लिन सक्ने गरी व्यवस्थापन गर्न लागिएको र सरकारी निकायको समेत सहयोग अपेक्षा गरेको बताए । 

काठमाडौँ, भक्तपुर, ललितपुरका धेरैजसो स्थानमा तरकारी पु¥याउन आफूहरु सक्षम रहेको उनको भनाइ छ । मनोहरा कृषि बजारमा मात्रै ३०० वटा तरकारी पसल छ । तेह्रथुमको मेन्छेन गाउँपालिकाका स्थायी बासिन्दा कोइरालालगायतले पेप्सीकोला नजिकै तरकारी बजार चलाएको लामै भयो । उपभोक्ताले लकडाउनमा ताजा तरकारी नपाएको गुनासो आएपछि चोक चोकमा लगेर बिक्री गर्ने योजना बनाएको उनले सुनाए ।

चौबीसै घण्टा तपाईं हाम्रो सेवा र सुरक्षाका लागि खटेका सुरक्षाकर्मीलाई बुधबार कोइरालाको समूहले खाजा पानीसमेत उपलब्ध गराएको उहाँले सुनाउनुभयो । बजारका व्यापारीलाई सुरक्षाका लागि व्यक्तिगत सुरक्षा पनि उपलब्ध गराइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस