
काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि उपचाररत तीन नेपालीको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसको संक्रमणपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा गत आइतबारदेखि उपचाररात १९ बर्षीय काठमाडौंकी युवती र बुधबारदेखि उपचारारत धादिङ ३२ बर्षीय युवकको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।
साथै उपत्यका बाहिर पहिलो पटक कोरोनाको संक्रमण देखिएको र बिरामीको कैलालीस्थित सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको बताए ।
दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । बिदेशबाट फर्केका नेपाली सेनाका २७ सुरक्षाकर्मी क्वारेन्टाइमा राखिरहेका छन् ।
डा देवकोटाले कोरोना संक्रमण राजधानीबाहिर पनि पुष्टि भइसकेको अवस्थामा लकडाउनलाई पालना गरेर घरमै बस्न आग्रह गरेका छन् । यसअघि नेपालमा तीन जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये एकजना निको भइसकेका छन् ।
यसैगरी, १९ बर्षीया युवती फ्रान्सबाट कतार हुँदै गत चैत्र ४ गते नेपाल आएकी थिइन् भने अर्का युवा दुबैबाट चैत्र ६ गते नेपाल आएका थिए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना भाइरसकै संक्रमणको आशंकामा टेकु अस्पतालमा रहेका दुई संक्रमितबाहेक राजधानीका तीन अस्पतालमा १३ जनालाई आइसोलेसनमा राखिएको छ ।
यसमध्ये टेकु अस्पतालमा ४ जना, पाटन अस्पतालमा ६ जना र कान्तिबाल अस्पतालमा ३ जनालाई आइसोलेनमा राखिएको छ ।
यसैबीच चैत्र ४ गते कतार एअरवेजको विमानमार्फत् दोहाबाट नेपाल पर्किएका ७८ जना नेपाली क्वारन्टीनमा रहेको खुलेको छ ।
कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै क्युआर ६५२ उडानमार्फत् नेपाल फर्किएका यात्रुमध्ये ७८ जना ४८ जिल्लाका क्वारन्टाइनमा रहेको खुलेको हो ।
प्रहरीका प्रवक्ता उमेशराज जोशीका अनुसार नेपाल पर्किएकामध्ये ७८ जना क्वारेन्टाइनमा गएका छन् भने बाँकी यात्रुको खोजि जारी छ ।
चैत्र ४ को उक्त उडानमार्फत १ सय ५८ जना यात्रु नेपाल आएको बताइएको थियो । यसआधारमा अरु ८० जना व्यक्ति अझै पनि क्वारेन्टाइनमा नहुँदा कोरोना भाइरस संक्रमणको जोखिम अझ बढेको छ ।
दुबैबाट चैत्र ६ गते एयर अरेवियाको विमान आएका युवाले अझ काठमाडौंकै एक होटलमा पार्टी दिएको र उनीसँगै आएका अरु दर्जनौं यात्रु सम्पर्कमा नरहँदा कोरोना भाइरस संक्रमणको समस्या विकराल बन्ने त हैन ?
प्रतिक्रिया दिनुहोस