aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

सङ्क्रमित युवतीसंँगै आएका दम्पतीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

  • रासस
    रासस
  • शुक्रबार, १४ चैत्र २०७६
सङ्क्रमित युवतीसंँगै आएका दम्पतीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौं । कतारबाट आएकी कोरोना सङ्क्रमित युवतीसँगै आएका फेदीखोला गाउँपालिकाको एक दम्पतीको स्वाब परीक्षण नेगेटिभ आएको छ ।   युवतीसँगै आएका कतारमा कार्यरत फेदीखोला गाउँपालिकाका  दम्पतीलाई ज्वरो आएपछि क्वारेन्टाइनमा राखेर स्वाब परीक्षणका लागि बिहीबार टेकु अस्पताल काठमाडौँ पठाइएकामा आज नेगेटिभ रिपोर्ट आएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

कोरोना सङ्क्रमित युवतीसँंगै आएका जिल्लाका अन्य ६ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस