aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

रूसमा रेष्टुरेन्ट तथा क्याफे बन्द गर्न निर्देशन

  • एएफपी
    एएफपी
  • शुक्रबार, १४ चैत्र २०७६
रूसमा रेष्टुरेन्ट तथा क्याफे बन्द गर्न निर्देशन

मस्को । रूसी सरकारले देशमा रहेका सबै रेस्टुरेन्ट तथा क्याफेहरु बन्द गर्न निर्देशन दिएको छ । शनिबारदेखि एक हप्तासम्म रेस्टुरेन्ट तथा क्याफेरूलाई बन्द गर्न निर्देशन दिइएको हो । 

कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन यस्तो निर्णय लिनुपरेको रूसी अधिकारीहरूले बताएका छन् । शुक्रवार जारी गरिएको निर्देशनमा घरभन्दा बाहिर खानपिनका लागि जम्मा हुन नपाइने उल्लेख गरिएको छ । 

राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहिवार नै एक हप्ताका लागि काम बन्द हप्ता घोषणा गरेका थिए उनले यही मार्च २८ तारिखदेखि अप्रिल ५ सम्म काम बन्द हप्ता तोकेका हुन । 

सरकारले शुक्रबारदेखि अन्तराष्टिय हवाई सेवा समेत बन्द गरेको छ । रूसमा पछिल्लो समय कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या बढ्दै गएको छ । शुक्रबार सम्मको विवरण अनुसार रूसमा कोरोना भाइरसका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ८४० जना सङ्क्रमित भएका छन् ।  

प्रतिक्रिया दिनुहोस