
काठमाडौं । युएईको दुबईमा रहेका दुई नेपालीमा कोरोना भाइरस कोडिभ १९ पोजेटिभ देखिएको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको गल्फ न्युजले समाचारमा उल्लेख गरेको छ ।
शुत्रलबार मात्र ७२ जना नयाँ कोरोनाका नयाँ केशमा दुई जना नेपालीमा पोजेटिभ देखिएको हो । त्यस्तै इथोपियन २ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ ।
त्यस्तै श्रीलंकन, जोर्डन, प्यालेस्टान, सिरिया, इरान, कोमोरोस, चीन, साउदी अरब, किर्जिस्थान, बोस्निया एण्ड गोर्जगोभिनिया,सर्भिया, ग्रिक, उरुर्वे, रोमानिया, स्वेडेन, साउथ अफ्रिका, इराक र यमनका एक एक जनामा कोरोना पोजेटिभ देखिएको छ ।
सबै संक्रमितको आइसोलेसनमा राखेर उपचार भइरहेको र सबैको स्वास्थ्यमा सुधार हुँदै गरेको समेत त्यहाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । युएइमा कुल संक्रमितको संख्या ४०५ जना पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस