aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

२००९ को वित्तीय संकटभन्दा खराब हुनेछ : आईएमएफ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ चैत्र २०७६
२००९ को वित्तीय संकटभन्दा खराब हुनेछ : आईएमएफ


एजेन्सी । विश्वप्यापी रुपमा फैलिएको कोरोना कोभिड १९ को महामारीले विश्व आर्थिक मन्दीमा चक्रमा फसेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बताएको छ । आईएमएफ प्रमुख क्रिस्टलिना जर्जिएभाले शुक्रबार भनिन्, कोरोनभाइरस भन्ने महामारीले विश्व अर्थतन्त्रलाई पछाडि धकेल्दै आएको छ र विकासशील देशहरूलाई सहयोग गर्न ठूलो रकमको आवश्यकता छ । 

यो सन् २००९ को मन्दीभन्दा खराब हो उनले भनिन । शुक्रबार एक अनलाइन प्रेस सम्मेलनलाई सम्बोधन गर्दै उनले भनिन् यो स्पष्ट छ कि हामी मन्दी मा प्रवेश गरेका छौं, यो २००९ मा विश्वको वित्तीय संकटभन्दा खराब हुनेछ ।

उदीयमान बजारका लागि उनले आईएमएफको वर्तमान संकटको अनुमानका लागि करिब २.५ ट्रिलियन डलरको आर्थिक आवश्यकता रहेको बताएकी छिन । ८० भन्दा बढी देशहरूले अन्तर्राष्ट्रिय मुद्राकोषबाट आपतकालीन सहयोगका लागि अनुरोध गरिसकेका छन् उनले भनिन् ।

आईएमएफ प्रमुखका अनुसार यो भाइरसबाट जतिचाडो विश्वव्यापी नियन्त्रणमा लिन सकियो त्यति नै २०२१ मा आउन सक्ने मन्दीबाट छुटकारा पाउन सम्भव छ।

प्रतिक्रिया दिनुहोस