aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

युएईमा दुई नेपाली सहित नयाँ संक्रमितको संख्या ७२ पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ चैत्र २०७६
युएईमा दुई नेपाली सहित नयाँ संक्रमितको संख्या ७२ पुगे

काठमाडौं । यूएई सरकारले २ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको पुष्टी गरेको छ । यसअघि कोरोना संक्रमित दुईजना नेपाली उपचारपछि स्वास्थ्यमा लाभ भएर डिस्चार्ज भएका थिए । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा दुई जना नेपालीसहित नयाँ संक्रमितको संख्या ७२ पुगेको छ ।

यो सहित यूएईमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ४ सय ५ पुगेको छ । यूएईमा दुई नेपालीसहित हालसम्म ५५ जना उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य लाभ हुनेमा भारत र पाकिस्तानका एक÷एक जना पनि छन् ।

यूएई सरकारले आम नागरिकको सुरक्षालाई ध्यान राखेर मार्च २७ को राति ८ बजेदेखि मार्च २९ गते विहान ६ बजेसम्म लकडाउन तीन दिन लकडाउन घोषणा गरेको छ । यूएईमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि राष्ट्रिय सरसफाई तथा निर्मलीकरण अभियान सञ्चालन गरिने हुँदा लकडाउन गरिएको होे ।

 यो अवधिमा आम नागरिकलाई घरमै बस्न सरकारले आग्रह गरेको छ । सरकारले जारी गरेको नीति उल्लंघन गरी अनावश्यक घर बाहिर निस्किए जरिवाना सहित कडा सजाय हुने जनाउँदै सबैलाई सचेत गराइएको छ ।
लकडाउनको बेलामा पनि अत्यावश्यकीय सेवालाई भने खुल्ला गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस