
बेलायत । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट २४ घण्टाभित्र बाबुछोरीको ज्यान गएको छ। हिथ्रो विमानस्थलको अध्यागमनमा कार्यरत अधिकृत बुवा र फार्मेसीमा काम गर्ने छोरीको २४ घण्टाको अन्तरमा मृत्यु भएको हो।
बेलनयतको पत्रिका द सनका अनुसार बुधबार ६१ वर्षीय बुवा सुधीर शर्माको ज्यान गएको थियो भने ३३ वर्षीया छोरी पूजाको बिहीबार मृत्यु भएको हो। पूजाको मृत्यु अस्पताल भर्ना भएको ३ दिनमै भएको थियो। दुबैको अन्त्येष्टिमा कोही पनि मलामी नभएको लेखेको छ। समाचारका अनुसार आफ्ना श्रीमानको अन्त्येष्टिमा ‘आइसोलेसन’ मा बस्नु परेकाले श्रीमती मलामी जान पाइनन्।
बुवा सुधीरलाई विमानस्थल वा कहाँ भाइरस संक्रमण भएको भन्ने खुलेको छैन। विमानस्थलमा प्रिय अधिकृतका रूपमा चिनिएका उनलाई जनवरी ७ मा संक्रमण भएको थियो।
प्रतिक्रिया दिनुहोस