aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अष्ट्रेलियामा ४ नेपाली विद्यार्थीमा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ चैत्र २०७६
अष्ट्रेलियामा ४ नेपाली विद्यार्थीमा कोरोना संक्रमण

अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्‌नीमा रहेका ४ नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सिड्‌नीको ग्रान्भिलमा एउटै कोठामा बसिरहेका ४ जना युवतीहरुलाई कोरोना संक्रमण भएको हो ।  

क्यानबेरास्थित नेपाली दूतावासका अनुसार उनीहरु अहिले सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । 

उनीहरुको स्वास्थ्य सामान्य रहेको दूतावासले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस