
फिलिपिन्स । फिलिपिन्सका सेना प्रमुखलाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । फिलिपिनो सेना प्रमुख फेलिमन सान्तोसको परीक्षण यही मार्च २३ मा गरिएको थियो । शुक्रबार मात्रै उनलाई कोभिड १९ भएको सैन्य जनसम्पर्क कार्यालयले जानकारी दिएको हो ।
सेना प्रमुख सान्तोको पोजिटिभ रिपोर्ट आएपछि उनीसँग भेटेका वा नजिक रहेका अन्य सैन्य अधिकारीहरुको पनि कोरोना परीक्षण गरिन थालेको छ । केही उच्च अधिकारीहरु पनि क्वारेन्टाइनमा बस्न थालेका छन् ।
सान्तोसलाई पोजिटिभ रिपोर्ट आउना साथ शुक्रबारदेखि नै १४ दिनका लागि कडा क्वारेन्टाइनमा राखिएको छ । उनका लागि सैन्य क्याम्पभित्रै क्वारेन्टाइनको व्यवस्था गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस