aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा दुर्घटना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ चैत्र २०७६
नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा दुर्घटना

काठमाडौं । नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । काठमाडौंबाट नेपालगन्ज पुगेको विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो । 

घटनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ ।

प्रहरीका अनुसार विमान रनवेमा चिप्लिएको हो । विमान कोरोना भाइरस संक्रमितको स्वास्थ्य परीक्षणका लागि नमुना संकलन गरेर ल्याउन गएको थियो ।  

श्रोतका अनुसार अब सो विमानले मर्मत पछि मात्र उडान भर्नेछ भने कोरोनाको स्वाब लिनको लागि काठमाडौंबाट अर्को विमान पठाईने छ । 

प्रतिक्रिया दिनुहोस