
एजेन्सी । भारतको केन्द्रीय बैंकले कोरोना कोभिड १९ महामारीले देश नै लकडाउन भएकाले बैंकहरुलाई ऋणमा सहुलियत दिने आग्रह गरेको थियो । केन्द्रीय बैंकको आग्रहलाई स्टेट बैंक अफ इन्डिया (एसबीआई)ले तीन महिनाको लागि ऋणको इएमआइ तिर्न नपर्ने घोषणा गरेको छ । शुक्रकार एसबीआई अध्यक्ष रजनीश कुमारले बैंकका ऋणीले अबको तीन महिनासम्म कुनै पनि ऋणको इएमआइ तिर्न नपर्ने घोषणा गरेका हुन ।
एसबीआई अध्यक्ष रजनीश कुमारले ऋण लिनेहरूको इएमआइको तीन किस्त स्वतः स्थगित भएको जानकारी दिए। यसका लागि ग्राहकले बैंकमा आवेदन समेत दिन आवश्यक नपर्ने उनले बताए । एसबीआईको क्रेडिट कार्ड भुक्तानमा कुनै सहुलियत दिएको छैन। एसबीआई अध्यक्षले यो पनि स्पष्ट गरे कि तीन महिनाको लागि ईएमआई भुक्तानी नगरेको खण्डमा ग्राहकहरुको क्रेडिट स्कोरमा कुनै असर पर्ने छैन।
शुक्रबार बिहान आरबीआईले बैंकबाट ऋण ईएमआई दिने मानिसहरूलाई ३ महिनासम्म राहत दिने सल्लाह दिएको थियो। आरबीआईले यो सल्लाह लकडाउनको कारण दिएको समेत बैंकले स्पष्ट पारेको छ। यद्यपि आरबीआईले यसलाई अनिवार्य गरेको छैन। एसबीआई पहिलो बैंक हो जसले ग्राहकहरुलाई राहत प्रदान दियो। अब अन्य सरकारी र निजी बैंकहरूमा तीन महिनाका लागि ग्राहकको ऋणको इएमआइ बढाउन दबाब बढाइएको छ। एसबीआई बैंक नेपालले नेपालमा रहेका ग्राहकका लागि भने कस्तो योजना सार्वजनिक गर्ने हो हेर्न बाँकी छ
प्रतिक्रिया दिनुहोस