aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

अमेरिकामा इतिहासकै ठूला राहत प्याकेज घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ चैत्र २०७६
अमेरिकामा इतिहासकै ठूला राहत प्याकेज घोषणा

एजेन्सी । कोरोनाभाइरसको विश्वव्यापी महामारीसँग संघर्ष गरिरहेको अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले देशको अहिलेसम्मकै ठूलो घोषणा गरेका छन् । उनले महामारीबाट विश्वलाई निकास दिन  २० खर्ब डलर बराबरको आर्थिक प्याकेजमा हस्ताक्षर गरेका हुन ।

शुक्रबार त्यससम्बन्धी कानुन तल्लो सदनले पारित गरेको छ। यसअघि त्यसका व्यवस्थाबारे माथिल्लो सदन( सिनेटमा छलफल भएको थियो।  कोरोना भाइरसको प्रकोपबाट अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै ३३ लाख बेरोजगारका रूपमा बुधवार दर्ता भएका थिए।

कोरोनाको संक्रमबाट अमेरिकामा विश्वमै सबैभन्दा धेरै एक एला चार हजार २ सय ५६ जना मानिसमा पीडित भएको पुष्टि भएको छ । ह्वाइटहाउसमा भएको हस्ताक्षर कार्यक्रममा हस्ताक्षर गर्दै, ’देशलाई पहिलो प्राथमिकता दिँदै आफ्ना मतभेदहरू अलग राखेर एकजुट भएकोमा’ दुवै पार्टीलाई धन्यवाद दिए।
 

प्रतिक्रिया दिनुहोस