aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

आजबाट ११३३ नम्बरमा पनि फोन गर्नुहोस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ चैत्र २०७६
आजबाट ११३३ नम्बरमा पनि फोन गर्नुहोस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट नयाँ हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ । शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आजबाट चिकित्सक सलाह सहितको नया हटलाइन नम्कर सञ्चालन गरेको जानकारी गराए ।

 कोरोना भाइरस कोभिड १९ को शंका लागेमा  नयाँ नम्बर ११३३ चिकित्सकको सल्लाह सहितको नम्बर शुरु गरेको उनले बताए । यसभन्दा पहिला मन्त्रालयले १११५ नम्बरको नम्बर सञ्चालन गरिसेको छ । उक्त नम्बरमा धेरै फोनहरु आएकाले नयाँ नम्बर थप्न परेको मन्त्रालयले जनाएको छ ।

 आज राती चीनबाट मेडिकल किट ल्याएर आउने विमान चीन गइसकेको र भोलि विहानसम्ममा उक्त किट वितरण गर्ने गरि आइपुग्ने उनले जानकारी गराए । त्यस्तै नेपाल चम्बर अफ कमर्शले उपलब्ध गराएको ७५ हजार मास्कलाई सम्बन्धीत क्षेत्रमा पुर्याउने जानकारी गराए । 

प्रतिक्रिया दिनुहोस