
वीरगन्ज । दैनिक ज्यालादारी गरी परिवार चलाउने परिवारलाई आर्थिक अवस्थ कमजार भएका व्यक्तिहरुलाई वीरगन्ज महानगरपालिकाले आर्थिक सहयोगको अभियान शुरु गरेको छ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको घरमै पुगेर दैनिक उपभोग्य सामग्री वितरण अभियान शुरु गरेका हुन ।
कोरोना भाइरस अर्थात कोभिड-१९ संक्रमणको कारण सरकारले लगाएको लकडाउनको कारण दैनिक जिवत बिताउन कठिन भएपछि खाद्यान्य सामग्री पर्दान गर्ने अभियानशुसुरु गरिएको हुन। दिनभरि मिहिनेत गरेर परिवार चलाउने, रिक्सा चालक,ठेलाचालक,दैनिक ज्यालादारी गरी कमाउने लगयात निम्न वर्गका व्यक्तिहरुलाई खाद्यान्न बस्तुको पोका बनाएर घरघरै बाड्न कार्यको नगर प्रमुख सरावगीले थालनी गरेका हुन ।
शनिबार बिहान वडा नम्बर ३ र वडा नम्बर १२मा पुगेर दैनिक ज्यालादारी गरी घरपरिवार चलाउने आर्थिक अस्वथा कमजार भएका २सय ५० व्यक्तिहरुलाई दैनिक उपभोग्य खाद्यय सामग्री वितरण गरेका छन । चामल ,दाल,नुन आलु,चाउचाउ,बिस्कुट लगायतका सामग्रीहरुको पकेट बनाएर नै बितरण गरिएको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।
लकडाउनका कारण कमजोर आर्थिक अवस्था भएका परिवारहरुलाई दैनिक जिवन बिताउन कष्टकर भएकोले महानगरपालिकाका ३ वटै वडाहरुमा उक्त अभियान चलाउने उहाले जानकारी बताए ।पहिलो चरणमा खाद्यय सामग्रीहरुको १०हजार ५०० पैकेट तैयार गरि बितर अभियान सुरु गरिएको र आवश्यकता अनुसार त्यसलाई निरन्तरता दिदै जाने नगर प्रमुख सरावगीको भनाइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस