काठमाडौं । नेपाल उद्योग परिसंघले नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रणका लागि सहयोग गर्ने सामग्री हस्तान्तरण गरेको छ । संघ अध्यक्ष सतिशकुमार मोरले शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नोवल कोरोना भाइरस संक्रमणको उपचारको क्रममा स्वास्थ्यकर्मिले प्रयोग गर्ने निजी सुरक्षा उपकरण (Personal Protective Equipment- PPE) थान १०० तथा ७५ हजार थान मास्कहरु हस्तान्तरण गरेका हुन ।
हाल विदेशबाट आयात गरिएका तथा नेपालमै निर्मित सामानहरु उपलब्ध गराईएको र निकट भिवष्यमै विदेशबाट सामान आयात गरि थप आवश्यक सामग्रिहरु समेत उपलब्ध गराउने वहाँले जानकारी गराए । अध्यक्ष मोरले स्वास्थ्य संकटको यो घडीमा संक्रमणको रोकथाममा पहिलो पंतिमा रहने स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउन सवैमा अपिल समेत गरेका छन । हस्तान्तरणका अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु राजेश अग्रवाल, सुलभ अग्रवाल समेत सहभागीता रहेको थियो ।
स्वास्थ्यकर्मिले प्रयोग गर्ने निजी सुरक्षा उपकरणहरु मित्र राष्ट्रहरुमा संकलन गरि आयातको व्यवस्था मिलाई रहेको तथा मास्क नेपालमै उत्पादन भई रहेको परिसंघले जनाएको छ । त्यस्तै संकटको यस घडीमा सवैलाई संयमित हुन र सरकारले जारी गरेका सवै निर्देशनको पालना गर्न समेत अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस