aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आज रातिदेखि नेपाल–भारत बोर्डर बन्द हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ जेठ २०७६
आज रातिदेखि नेपाल–भारत बोर्डर बन्द हुँदै

नवलपरासी, जेठ ३ । भारतमा जारी लोकसभा निर्वाचनको निम्ति पश्चिम नवलपरासीको नेपाल–भारत सीमाअन्तर्गतका विभिन्न नाका आज राति १२ बजेबाट बन्द हुने भएको छ । 

भारतको महाराजगञ्ज जिल्लामा लोकसभा निर्वाचन २०१९ लाई लक्षित गरी पश्चिम नवलपरासीको सीमा नाका राति १२ बजेबाट बन्द हुने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । जिल्लाको सीमावर्ती नाका ठूठीबारी, गुठीप्रसौनी, विष्णपुरा र भुजहवा नाका बन्द हुने छन् । प्रशासनद्वारा जारी सूचनामा आज राति १२ बजेबाट बन्द हुने नाका जेठ ५ गते साँझ ६ बजेपछि सञ्चालन हुने उल्लेख गरिएको छ । भारतको उत्तर प्रदेशमा जेठ ५ गते निर्वाचन हुँदैछ । 

प्रतिक्रिया दिनुहोस