
एजेन्सी । कोरोना भाइरसका कारण स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको मृत्यु भएको छ। उनको कोरोना भाइरसका कारण निधन भएको स्पेनका सञ्चारमाध्यमले जनाएका छन्।
टेरेसा स्पेनको बोउरबोन–पर्मा राजकीय परिवारकी सदस्य हुन्। युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन्।
युवराज्ञीका कुनै सन्तान छैनन्। उनी भतिजाभतिजीको आश्रयमा रहँदै आएकी थिइन्। यसअघि बेलायती राजकुमार चार्ल्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो।
प्रतिक्रिया दिनुहोस