aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

लकडाउनको असुविधाप्रति मोदीले माफी मागे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ चैत्र २०७६
लकडाउनको असुविधाप्रति मोदीले माफी मागे

भारत । भारत सरकारले कोरोना भाइरस रोकथामका लागि लकडाउन घोषणा गरेकोमा असुविधा भएकोमा माफी मागेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘कडा निर्णय’ गर्नु परेकोमा आम जनतासँग माफी मागेका हुन् । 

मोदीले आफ्नो मासिक रेडियो सम्बोधन ‘मन की बात’ मा यस्तो बताएका हुन् । लकडाउन गरिएसँगै भारतका विभिन्न ठाउँमा हजारौं आप्रवासी कामदार तथा मजदुरहरु अलपत्र परेका छन् । सयौँ किलोमिटरसम्म भोकभोकै पैदल यात्रा गर्नु परेको छ ।

‘मैले लिनु परेको केही कठिन निर्णयले गर्दा आम जनतामा पर्न गएको असुविधालागि म राष्ट्रसँग माफी माग्दछु । तर तपाईँहरुको रक्षाको लागि मैले यस्तो निर्णय लिनुपर्ने थियो,’ प्रधानमन्त्री मोदीले भनेका छन् ।

दुई सातादेखि भारतमा लकडाउन छ । दोस्रो पटक सरकारले २१ दिनको लागि लकडाउन घोषणा गरेको हो । 

प्रतिक्रिया दिनुहोस