aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कोरोना परीक्षण गर्ने मेसिन यी चार प्रदेशले पाउने भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ चैत्र २०७६
कोरोना परीक्षण गर्ने मेसिन यी चार प्रदेशले पाउने भए

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षण गर्ने मेसिन चारवटा प्रदेशले पाउने भएको छ ।  स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत चीनबाट ल्याइएको सामाग्री प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले पीसीआर मेसिन पाउने भएको जानकारी दिएका हुन् । 

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले प्रदेश ५ को बुटवल वा नेपालगञ्ज तथा कर्णालीको सुर्खेतमा ल्याब स्थापना गर्ने निर्णय गरेको हो । प्रदेश १ को धरानमा परीक्षण सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस