काठमाडौं । सरकारले एक महिनाको घरभाडा छुट दिन घरबेटीसँग आग्रह गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमणबाट प्रभावितलाई सहयोग गर्न भन्दै एक महिनाको घरभाडा छुट दिन आग्रह गरेको हो ।
त्यसरी घरभाडा छुट दिने घरबेसीसँग घरबहाल कर समेत नलिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यो व्यवस्था असंगठित क्षेत्रका मजदूरकाे हकमा लागु हुनेछ ।
त्यसरी घरभाडा छुट दिने घरबेटीसँग उक्त महिनाको घरबहाल कर समेत नलिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यद्यपि अहिले घरभाडा कर लिने अधिकार स्थानीय तहलाई दिइएको छ ।
प्रतिक्रिया दिनुहोस