काठमाडौं । सरकारले कोरोना भाइरस कोभिड १९ का प्रभावितहरुलाई राहत दिन प्याकेज घोषणा प्याकेज गर्दै निजी विद्यालयले एक महिनाको शुल्क लिन नपाउने निर्णय गरेको हो । कोरोना भाइरसका कारण उत्पन्न समस्यालाई सम्बोधन गर्न सरकारले निजी विद्यालयले एक महिनाको शुल्क मिनाह गर्ने निर्णय गरेको हो ।
निजी विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य सबै शुल्क छुट दिने व्यवस्था मिलाउन सरकारले निर्देशन दिएको हो । आइतबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै अर्थ तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले उक्त जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस