aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

घरधनीलाई एक महिनाको भाडा छुट गर्न सरकारको आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ चैत्र २०७६
घरधनीलाई एक महिनाको भाडा छुट गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले कोठा भाडामा लिएर बस्नेहरुका लागि एक महिनाको घर भाडा छुट गर्न घरधनीलाई अनुरोध गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले घर भाडामा बस्नेहरुलाई सहयोग गर्न अपिल गर्दै एक महिनाको घरभाडा मिनाह गर्न आग्रह गरेको हो ।

सरकारका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिए । मिनाहा घर भाडाको घर बहाल कर सरकारले नलिने निर्णय गरेको पनि उनले जनाकारी दिए ।

त्यस्तै लकडाउन अवधिमा निजि तथा सरकारी टेलिकम कम्पनीलाई डेटा प्याक र इन्टरनेटमा २५ प्रतिशत छुट दिन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस