
तेहरान । इरानले कोरोना भाइरस सङ्क्रमणबाट प्रभावित अति गरीब तथा निजी क्षेत्रबाट सञ्चालित साना तथा मझौला उद्योगको सहयोगका लागि लक्षित गर्दै २१ अर्ब ३० करोड बराबरको विशेष राहत कार्यक्रमको घोषणा गरेको सरकारका प्रवक्ता अली रावेईले जानकारी गराएका छन।
इरानका राष्ट्रपति हसन रौहानीको अध्यक्षतामा आइतबार राजधानी तेहरानमा बसेको कोरोनाभाइरस सङ्क्रमणको महामारी विरूद्ध सङ्घर्ष गर्न गठित समितिले अनुमोदन गरेका इरानको राज्य सञ्चालित सरकारी समाचार संस्था आईआरएनएले उल्लेख गरेको छ ।
राहत कायक्रम अन्तर्गत अति प्रभावित तथा गरीब परिवार, श्रमिक तथा सङ्क्रमणबाट अति प्रभावित क्षेत्रमा सङ्क्रमण नियन्त्रणका लागि प्रयोग गरिने राबेईले आफ्नो व्यक्तिगत ट्वीटरमार्फत जानकारी गराए ।
सन्देशमा उनले राहत अन्तर्गतको १६ अर्ब यूरो यस सङ्कटको घडीमा पनि आफ्ना कामदारहरूलाई रोजगारीबाट फिर्ता नगरी राखेका कोरोना सङ्क्रमणका कारण प्रभावित बनेका रूग्ण उद्योगहरूलाई दिने बताउनुभएको छ । राहत कार्यक्रम अन्तर्गत सरकारले ओषधिजन्य सामग्री, कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि अस्पतालमा निर्माण गरिने सघन उपचार कक्ष र अन्य प्रयोजनका लागि प्रयोग गरिनेछ ।
उक्त आपतकालीन कोषको व्यवस्था बरोजगार विमा कोषबाट गरिने पनि बताए । सङ्क्रमित सबैको उपचारको व्यवस्था सरकारले निःशुल्क गर्ने यसअघि नै राष्ट्रपति रौहानीले बताएका छन । एएनआई
प्रतिक्रिया दिनुहोस