aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

बेलायतको जनजीवन सामान्य अवस्थामा फर्किन अझै ६ महिना लाग्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ चैत्र २०७६
बेलायतको जनजीवन सामान्य अवस्थामा फर्किन अझै ६ महिना लाग्ने

एजेन्सी । बेलायतको जनजीवन सामान्य अवस्थामा फर्किनका लागि ६ महिनासम्म लाग्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । इंग्ल्याण्डकी डेपुटी चिफ मेडिकल अफिसर डा। जेनी ह्यारिसले जनजीवन सामान्य अवस्थामा फर्कन कम्तिमा ६ महिना लाग्ने बताएकी हुन् ।

उनले त्यसको अर्थ सो अवधिमा देश पूरै लकडाउन नै हुने छ भन्ने नरहेको पनि स्पष्ट पारिन । सरकारले लकडाउनबारे तीन हप्ताको अवधि सकिएपछि पुनर्विचार गर्नु पर्ने तर सर्वसाधारण लगत्तै सामान्य जीवनमा फर्किन भने नहुने उनको भनाइ छ ।

भाइरसको महामारी फैलिन नदिन र नियन्त्रणमा लिनका लागि सामाजिक दूरी उपयुक्त रुपमा कार्यान्वयन हुनु पर्नेमा पनि उनले जोड दिएकी छिन् । 

प्रतिक्रिया दिनुहोस