aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सलमान खानले २५ हजार मजदुरलाई सहयोग गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ चैत्र २०७६
सलमान खानले २५ हजार मजदुरलाई सहयोग गर्ने

एजेन्सी । चर्चित बलिउड कलाकार सलमान खानले समेत कोरोना भाइरसको कारण लकडाउनमा परेकालाई सहयोग गर्ने भएका छन् । बलिउडका अर्का कलाकार अक्षय कुमारले २५ करोड भारु सहयोग गर्ने घोषणा गरेपछि बलिउड कलाकारहरुमा सहयोग गर्ने लहर शुरु भएको हो । 

सलमानले बलिउडसंग सम्बन्धित २५ हजार मजदुरहरुलाई यो संकटकाबेला सहयोग गर्ने घोषणा गरेका हुन् । खानको समाजसेवा गर्ने सस्था विइङ ह्यूमेन विश्वका कतिपय देशहरुमा  यस अघि देखि नै सक्रिय छ । मनव सेवामा समर्पित यो सस्थामार्फत नै उनले लकडाउनको मारमा परेका मजदुरहरुलाई सहयोग गर्न लागेका हुन् । 

बलिउड कै एक नायिका चाँहि अहिले सेवामा केन्द्रित हुने भन्दै मुम्बईको एक अस्पतालमा नर्सको रुपमा काम गरिरहेको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् । त्यस्तै, वरुण धावन, रणदिप हुड्डाले पनि सहयोग गर्ने घोषणा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस