aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

ग्यास सिलिण्डर बोकेकालाई यातना दिएकोमा प्रहरीको छानबिन शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ चैत्र २०७६
ग्यास सिलिण्डर बोकेकालाई यातना दिएकोमा प्रहरीको छानबिन शुरु

काठमाडौं । ग्यासको सिलिण्डर बोेकेका नागरिकलाई सिलिण्डर सहित सडकमा बस्न लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले छानबिन सुरु गरेको छ ।

अत्यावश्यक वस्तुको सूचीमा रहेको ग्यास बोक्ने नागरिकलाई यातना दिएको भन्दै चर्को आलोचना भएपछि प्रहरीले छानबिन थालेको हो ।

प्रहरीले भनेको छ – सामाजिक सञ्जालमा प्रहरी कर्मचारीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको सम्बन्धमा सबैबाट प्राप्त भएको सुझाव, गुनासोलाई प्रहरी प्रधान कार्यालयले गम्भीरतापूर्वक लिएको र आवश्यक छानबिन भइरहेको जानकारी गराउँदछौँ ।

प्रतिक्रिया दिनुहोस