
भरतपुर । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरेको छ । कपिलवस्तु जान लाग्नुभएका प्रधानमन्त्री चढेको हेलिकप्टर मौसमको खराबीका कारण अपराह्न ४ः ५० बजे अवतरण गरेको हो ।
उहाँ ४० मिनेट ब्यारेकमा रोकिनुभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले जानकारी दिनुभयो । मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली कपिलवस्तु प्रस्थान गर्नुभएको उहाँले बताउनुभयो । रासस
प्रतिक्रिया दिनुहोस