aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कोरोना संक्रमणको रिपोर्ट नआउँदै वीर अस्पतालमा दुईको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ चैत्र २०७६
कोरोना संक्रमणको रिपोर्ट नआउँदै वीर अस्पतालमा दुईको मृत्यु

काठमाडौं । कोरोना संक्रमणको आशंका गरिएका दुई बिरामीको काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला छन् ।

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ । तर रिपोर्ट आएको छैन ।

निमोनियाको समस्या देखिएकी महिलालाई आइतबार साँझ अस्पताल ल्याइएको थियो । उनको सोमबार विहान मृत्यु भएको हो । ज्वरो आएर अस्पताल उपचारका लागि आएका पुरुषको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

यसअघि, उच्च ज्वरोको कारण पाटन अस्पतालमा भर्ना भएका बिरामीको मृत्युको कारण कोरोना संक्रमण  नभएको बताइएको छ ।  अस्पताल स्रोतका अनुसार उनी धेरैवटा संक्रमणबाट ग्रसित थिए ।

कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिको मृत्यु भन्ने समाचार आधारहिन भएको भन्दै अस्पताल स्रोतले भन्यो, 'उनी दिर्घ रोगबाट ग्रसित थिए । स्वास्थ्य अवस्था कमजोर रहेको थियो । कोरोनाको आशंका जरुरी नै छैन ।'

आइतबार साँझ त्यहाँको आइसियुमा भर्ना भएका ति बिरामीको सोमबार बिहान मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस