काठमाडौं । आहा ! कति मिठो हावा, मलाई त ३० वर्ष अघिको काठमाडौंं स्मरण भयोे, काठमाडौं महानगरपालिका वडा नम्बर ५ निवासी मिना श्रेष्ठले भनिन् । स्वच्छ हावा, हरिया रुखबिरुवा, न कतै कोलाहाल, नत कतै गाडीको ट्वा ट्वा टूटू आवाज । स्वच्छ र चिसो हावा । घरको छतमा गएर हेर्दा सेतै हिमाल लामवद्ध टल्किएको देखिन्छ । सिधै हिमालबाट आएजस्तो । बाहिरै बसी रहुँं जस्तो ।’
३५ वर्षअघि बुटवल मणिग्रामबाट प्रहरीमा सेवा गर्न काठमाडौं आएकी उनले भनिन् ‘६ दिन गाडी नचल्दा नै काठमाडौंको वायुले आफ्नो पुरानो स्वरुप पायो,’ निवृत्त महानिरीक्षक श्रेष्ठले भनिन् ‘अहिले हरिया फाँट सबै सिमेन्टका पिलरले भरिसके । त्यतिबेला धोबीखोलाको यो फाँटमा रायो, मूला, काउली त कतै बकुल्ला केराउ र गहुँ झुलिरहेका हुन्थे । अहिले मान्छेको चाप त्यतिकै छ । सवारी साधन उत्तिकै गुड्छन् । साँच्चै मापदण्ड पुरा गरेका सवारी साधन गर्न सरकारले कडाइ गर्ने हो भने पनि हावाको गुणस्तरमा केही सुधार हुने थियो । अहिले जसरी नै स्वच्छ हावा पाउने थियौं, उनले भनिन् ।
कलंकीका रोशनकुमार केसीको अनुभव पनि उस्तै छ । सधै धूलो र धुँवाले छोपिने कंलकी अहिले स्वच्छ बनेको छ । न गाडीका कर्कनाश आवाज छ मानिसको चहलपहल, शान्त र सुन्दर बनेको छ अहिले कंलकी,’ उनले भने । १५ वर्ष अघि गोरखाबाट काठमाडौं आएका केसीको अनुभवमा ‘सवारी साधन सञ्चालन हुँदा हामी दैनिक प्रदुषणयुक्त हावामा श्वास फेर्न बाध्य थियौं ।’ आकाश खुल्ला भएर खुलेको छ, वरिपरिका पहाड हरिया देखिन थालेका छन्, बिहान बेलुका हिमाल टलल्ल टल्कन्छ । मानौ वर्षौपछि काठमाडौंका हावापानी फेरिएको छ । आनन्दको अनुभूति भएको छ ।’
‘सरकारले अहिले वायु प्रदुषणमा आएको सुधारलाई हेरेर महिनामा कम्तीमा ५ दिनमात्रै सवारी साधन सञ्चालन गर्न नदिए एकातिर वायु प्रदुषण घटाउन सहयोग मिल्ने थियो भने अर्कोतिर पेट्रोलियम आयात पनि कम हुन्थ्यो,’ उनले सुझाए ।
‘सरकारले अहिले वायु प्रदुषणमा आएको सुधारलाई हेरेर महिनामा कम्तीमा ५ दिनमात्रै सवारी साधन सञ्चालन गर्न नदिए एकातिर वायु प्रदुषण घटाउन सहयोग मिल्ने थियो भने अर्कोतिर पेट्रोलियम आयात पनि कम हुन्थ्यो ।
लकडाउनपछि काठमाडौंको हावापानी फेरिएको गोँगबु विनायक अस्पतालका डाक्टर गोविन्दप्रसाद ज्ञवाली बताउँछन् । ज्ञवाली भन्छन् ‘ ४० वर्षअघि त्यतिबेला घरहरूका साथै सवारी साधन पनि कम थिए । पातलो बस्ती हरियाली फाँटका कारण हावापानी यो भन्दा पनि स्वच्छ र सफा थियो,’ त्यतिबेला काठमाडौं, जाडोमा डम्म कुहिरो, गर्मीमा चिसो बतास, गर्मीको त्यति महसुसनै हुने थिएन । वायु प्रदुषण वा धूलो धुँवा भन्ने थाहै थिएन । उतिबेलाको जस्तै नभएपनि सावारी साधन नचल्दा आज छैटौं दिनमा नै हावापानीमा ठूलो अन्तर आएको छ । हावा चिसो छ, आकास निलो देखिन्छ,’ यसले स्वच्छताको अनुभुती गराएको छ,’ उनले भने ।
लकडाउनका कारण सवारी साधन बन्द भएपछि उपत्यककाकोमात्र होइन देशकै वायु प्रदुषण घटेको छ । सरकारले मंगलबारदेखि सर्वसाधारणलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएपछि काठमाडौं उपत्यकासहित देशभर वायु प्रदुषणको मात्रा घट्दै गएको छ ।
अनुभवीको यो भनाइलाई वातावरण विभागले पनि पुष्टि गरेको छ ।
वातावरण विभागका सहायक प्रवक्ता तथा सूचना अधिकारी शंकरप्रसाद पौडेलले ५ दिनमा काठमाडौंको वायु प्रदुषण घटेको बताएका छन् । ‘लकडाउन यता वायु प्रदुषण घट्दो क्रममा रहेको छ,’ उनले भने ‘शनिबारसम्मको अवस्थाले वायुमा हुने प्रदुषणको मात्रा मापदण्डभन्दा तल झरेको देखाएको छ । सरकारले ४० माइक्रोग्राम प्रतिघनमिटरसम्मलाई सामान्य मानेर मापदण्ड तोकेको छ । गत वर्ष यहि अवधिमा ८९ प्रतिशत माइक्रोग्राम घनमिटरसम्म वायु प्रदुषण भएको थियो ।
पौडेलका अनुसार लकडाउनको तेस्रो दिनसम्म खासै नघटेको वायु प्रदुषणको मात्रा चौथो दिनदेखि घट्दो क्रममा रहेको छ । तेस्रो दिनसम्म शंकपार्कको ४४ माइक्रोग्राम प्रतिघनमिटर रहेको शंकपार्कको वायु प्रदुषण चौथो दिन ३७ माइक्रोग्राम प्रतिघनमिटरमा झरेको छ । पाँचौ दिन शनिबार २० माइक्रोग्राम प्रतिघनमिटरमा झरेको छ ।
लकडाउनको तेस्रो दिनसम्म खासै नघटेको वायु प्रदुषणको मात्रा चौथो दिनदेखि घट्दो क्रममा रहेको छ । तेस्रो दिनसम्म शंकपार्कको ४४ माइक्रोग्राम प्रतिघनमिटर रहेको शंकपार्कको वायु प्रदुषण चौथो दिन ३७ माइक्रोग्राम प्रतिघनमिटरमा झरेको छ । पाँचौ दिन शनिबार २० माइक्रोग्राम प्रतिघनमिटरमा झरेको छ ।
भैंसेपाटीको तेस्रोदिनसम्म ५४ थियो । चौथो दिन ३६ माइक्रोग्राममा झर्यो छ । पाँचौ दिन २४ मा झरेको छ । धुलिखेलमा तेस्रो दिननै ३३ माइक्राग्राम थियो । चौथो दिन २८ मा झरेको छ । पाँचौ दिन १४ मा झरेको थियो । पार्टीकुलेट म्याटर्स (पीएम) २.५ को नेशनल स्ट्याडण्र्ड अनुसार ४० माइक्रोग्राम प्रतिघनमिटर हो । अहिले वायु हुन कणको मात्र राष्ट्रिय मापदण्डभन्दा पनि तल झरिसकेको अवस्थामा छ,’ सहायक प्रवक्ता पौडेलले भने ‘अहिलेका अवस्थामा राज्यले तोकेकोभन्दा स्वच्छ हावामा श्वास लिइरहेका छौं,’ भन्ने हो । ’
उनका अनुसार गत आवको यहि अवधि (५ दिन) मा कतिपय स्टेशनमा ८९ माइक्रोग्राम प्रतिघनमिटरसम्म पुगेका थिए । यो वर्ष भने कोरोनाको संक्रमणका कारण लकडाउन अगाडी केही घटेको थियो । गत वर्ष यति बेला धेरै जसो समय राष्ट्रिय मापदण्डभन्दा माथि नै हुने गरेको उनले बताए । लकडाउनको अघिल्लो साता चैत ६ गते भैंसेपाटीमा ६२ माइक्रोग्राम प्रतिघनमिटरसम्म पुगेको थियो । चैत १० गते ३४ मा झरिसकेको थियो ।
वायुमा धूलोको मात्रा घट्दो क्रममा छ । सरकारले कोरोनाको संक्रमणबाट जोगाउन उद्योग, कलकारखाना बन्द भएको र अत्यावश्यक बाहेकका सवारी साधन गुड्न पनि प्रतिबन्ध लगाएकाले वायुको गुणस्तर सुधार भएको हो । मानिसहरु घरबाहिर निस्कन पाउँदैनन्, मानवीय कारणले हुने वायु प्रदुषण पनि घटेको पौडेलले बताए । यी सबै कारणले काठमाडौंलगायत देशभरको हावाको गुणस्तरमा सुधार आएको देखाउँछ । वातावरण मन्त्रालयले तय गरेको मापदण्डअनुसार वायुमा धुलोको कण पीएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर भन्दा उच्च रहे मात्रै त्यसलाई वायु प्रदुषण भएको मानिन्छ ।
वायु प्रदुषणमा कसको कति हिस्सा
वायु प्रदुषणको कारणबारे जनसंख्या तथा वातावरण मन्त्रालय, वातावरण विभागले गरेको २०१७ मा गरेको एक अध्ययनले समग्र हावामा सबैभन्दा वढी धूलोको कणको मात्रा सवारी साधनबाट निस्किने धूलो धुँवाबाट भएको देखाएको छ । सवारी साधनले वायुको कुल प्रदुषणमा करिब ४० प्रतिशत प्रदुषण गरेको देखाइएको छ । दोस्रोमा कृषि क्षेत्रबाट निस्किने प्रदुषण र तेस्रो ईटा भट्टाबाट निस्किने धूलो धूवा मुख्य कारक रहेको अध्ययनमा उल्लेख गरिएको छ ।
कहाँ कहाँ छन् वायु प्रदुषण मापन यन्त्र ?
हाल नेपालमा नेपाल सरकारको १७ वटा, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को ३ वटा र अमेरिकी राजदुतावासको दुईवटा गरी जम्मा २२ वटा वायु प्रदुषण मापन यन्त्र जडान गरिएको छ । सरकारले दमक, धनकुटा, झुम्का, सिमरा, दाङ नेपालगञ्ज, सुर्खेत र पोखरालगायतका स्थानमा वायु प्रदुषण मापन यन्त्र राखेको छ भने इसिमोडले फोहोरा दरवार र महाराजगञ्जस्थित अमेरिकन दुतावासमा राखेको छ । इसिमोटले भने सौराह, लुम्बिनी र लाङटाङ सिमालमा कार्वनको मात्रा नाप्न यन्त्र जडान गरेको छ ।
प्रतिक्रिया दिनुहोस