aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

'वीर अस्पतालमा मृत्यु भएका दुबै जना कोरोना 'सस्पेक्टेड'मा थिएनन'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ चैत्र २०७६
'वीर अस्पतालमा मृत्यु भएका दुबै जना कोरोना 'सस्पेक्टेड'मा थिएनन'

काठमाडौं । विर अस्पतालमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष  अस्पतालमा पुग्नु पहिला नै गम्भिर अबस्थामा  आइपुगेका थिए, अस्पतालका निर्देशन केदार सेञ्चुरीले भने । उनले भने, यी विरामी भारतबाट आएका भएपनि कोरोना भाइरस (सस्पेक्टेड) केशका रुपमा हामीले राखेका थिएनौं उनले भने। तर, उनको सोमबार दिउसो मृत्यु भएको खबर थाहा पाए उनले भने।

 त्यस्तै,   चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला पनि अस्पतालमा आउन पूर्व नै निमोनियाका कारण ग्रस्त भएर अस्पताल आएकी ती महिलालाई आइसीयूमा भर्न गरेर उपचार गरिहेको उनले बताए । उनलको सोमबार विहान मृत्यु भएको खबर पाएको उनले बताए । 

दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको उनले बताए । तर रिपोर्ट आज नै तीन चार घण्टापनि आउने उनले जानकारी गराए  ।
 

प्रतिक्रिया दिनुहोस