aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

हिमगिरी हाइजिनद्वारा नेपाल प्रहरीलाई स्यानिटाइजर हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ चैत्र २०७६
हिमगिरी हाइजिनद्वारा नेपाल प्रहरीलाई स्यानिटाइजर हस्तान्तरण

काठमाडौं । हिमगिरी हाइजिन प्रालिले २ हजार ६ सय ७५ बोतल स्यानिटाइजर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमवीच उक्त स्यानिटाइजर हस्तान्तरण गरिएको हो । 

सो अवसरमा उक्त प्रालिका व्यापारिक संचालक कृष्ण बजाज र बजार व्यवस्थापक बसन्तमान श्रेष्ठले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई उक्त स्यानिटाइजर हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु र वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस