aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

इटालीमा कोरोना संक्रमितबाट मर्नेको प्रतिशत उच्च

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ चैत्र २०७६
इटालीमा कोरोना संक्रमितबाट मर्नेको प्रतिशत उच्च

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भइरस (कोभिड १९)को संक्रमितको संख्या ७ लाख ८४ हजार ९ सय ७६ जना पुगेका छन् । त्यसमध्ये ३७ हजार ८०५ जनाको मृत्यु भएको छ । 

पछिल्लो समयमा अमेरिका र इटालीमा कोरोनाको संक्रमणबाट मृत्यु हुने र संक्रमित दुबैको संख्या वृद्धि अन्य देशको तुलनामा धेरै देखिएको छ । अमेरिकामा १ लाख ६३ हजार ४९० जना संक्रमित भइसकेका छन् भने त्यसको १.१४८ प्रतिशत अर्थात ३ हजार १४८ जनाको मृत्यु भइसकेको वल्डोमिटरले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
 
त्यस्तै, इटालीमा १ लाख १ हजार ७३९ जना संक्रमित भइकामध्ये ११.३९ प्रतिशत अर्थात ११ हजार ५९१ जनाको मृत्यु भएको छ । स्पेनमा ८७ हजार ९५६ जना संक्रमित भएकामध्ये ८.७७ प्रतिशत ७ हजार ७१६ जना मानिसको मृत्यु भएको छ । 

चीनमा ८१ हजार ५१८ जना संक्रमणमा परेकोमा ४.०५ प्रतिशत (३ हजार ३०५) जनाको मृत्यु भइसेको छ । फ्रान्समा ४४ हजार ५५० जना संक्रमितमध्य ३ हजार २४ जना अर्थात ६.७९ प्रतिशतको मृत्यु भएको छ । इरानमा ४१ हजार ४९५ जना संक्रमितमध्ये ६.६४ प्रतिशत अर्थात २ हजार ७५७ जनाको ज्यान गएको छ । त्यस्तै अर्को मृत्युदर बढी हुनेमा बेलायत छ जहा संक्रमित २२ हजार १४१ मध्ये ६.३६ प्रतिशत( १४०८) जनाको मृत्यु भएको छ । 

स्विटजरल्याण्डमा संक्रमितमध्ये २.२५ प्रतिशत मानिसको मृत्यु भएको छ भने बेल्जियममा ४.३१ प्रतिशतका दरले मानिसको मृत्यु भएको छ । पाकिस्तानमा१७१७ जना संक्रमितमध्ये १.२२ प्रतिशत र भारतमा १३४७ जना संक्रमितमध्ये ३.३४ प्रतिशतले मानिसको ज्यान गइरहेको तथ्यांक बाहिर आएको छ । 

प्रतिक्रिया दिनुहोस