aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सवारी पास चाहियो ? अब यी चार ठाउँमा जानुस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ चैत्र २०७६
सवारी पास चाहियो ? अब यी चार ठाउँमा जानुस्

काठमाडौं । अब अत्यावश्यक काममा बाहिर निस्कने सबैलाई जिल्ला प्रशासन कार्यालयसहित अन्य चार निकायले पनि सवारी पास दिने भएका छन्। सरकारले लकडाउनको अवधि चैत २५ गतेसम्म बढाएपछि सवारी पास लिने निकाय पनि विस्तार गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गरी अब खाद्यवस्तुलगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने निकाय र संघ संस्थालाई अब वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पास दिने जनाएको छ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकबाट र सरकारी कर्मचारीले प्रयोग गर्ने सवारी साधनको पास संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिने पनि जानकारी दिएको छ। यसबाहेक अन्य आकस्मिक प्रयोजनका लागि आवश्यक पर्ने सवारी पासमात्रै प्रशासन कार्यालयले दिने सूचना जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस