aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भुटानमा लकडाउनको अवधि बढाएर २१ दिन पुर्‍याइयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ चैत्र २०७६
भुटानमा लकडाउनको अवधि बढाएर २१ दिन पुर्‍याइयो

एजेन्सी । भुटानमा लकडाउनको अवधि बढाएर २१ दिन बनाइएको छ । आजदेखि लागू हुने गरी तीन साताको लकडाउन घोषणा गरिएको हो । उच्च सर्तकताका लागि लकडाउन अत्यावश्यक वाध्यता बनेको प्रधानमन्त्री लोते छिरिङको भनाइ छ ।

भुपरिवेष्ठित मुलुक भुटानमा कोरोना भाइरसको संक्रमण थप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै तीन साता लकडाउन घोषणा गरिएको हो ।

भुटानमा सोमवारसम्म चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भुटानमा सबैभन्दा पहिलो बिरामी मार्च ५ मा भेटिएका थिए । उनी अमेरिकाबाट आएका ७६ वर्षीय पर्यटक थिए ।

प्रतिक्रिया दिनुहोस