
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण अहिलेसम्म विश्वभर ३७ हजार ८ सय २० जनाले ज्यान गुमाएका छन्। सोमबार एकै दिन ३ हजार ७ सय १८ जनाले ज्यान गुमाएका छन्। कोरोनाले ७ लाख ८५ हजार ८ सय ७ जना संक्रमित छन् भने १ लाख ६५ हजार ६ सय ५९ जना निको भएका छन्।
अमेरिकामा मात्रै सोमबार ५ सय ७३ जनाले ज्यान गुमाएका छन्। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३ हजार १ सय ५६ पुगेको छ। अमेरिकामा संक्रमितको संख्या १ लाख ५५ हजार १ सय ८१ पुगेको छ। जसमा नया संक्रमित २० हजार ३ सय ५३ रहेको छ। त्यस्तै ३ हजार ५ सय १२ जना गम्भीर रहेका छन्।
प्रतिक्रिया दिनुहोस