aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

इजरायली प्रधानमन्त्रीमा कोरोना संक्रमण देखिएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ चैत्र २०७६
इजरायली प्रधानमन्त्रीमा कोरोना संक्रमण देखिएन

तेलअभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई कोरोनाभाइरसको संक्रमण नदेखिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बताएका छन् । तर, प्रधानमन्त्री नेतन्याहू क्वारेन्टाइनमै बस्ने जनाएको छ ।

प्रधानमन्त्री नेतन्याहूका सल्लाहकार र उनका पतिलाई अघिल्लो दिन स्वास्थ्य परीक्षण गर्दा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

स्वास्थ्य परीक्षणको नतिजा प्राप्त भएसँगै देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहूले इजरायली जनतालाई एउटा उदाहरण प्रस्तुत गर्नकै लागि पनि आफू स्वेच्छिक क्वारेन्टाइनमा बस्न लागेको बताएको छ । 

ठट्यौली शैलीमा प्रधानमन्त्री नेतन्याहूले भने , “क्यामेराम्यान साथीहरुले पनि छ मिटर टाढैबाट मेरो दैनिकीलाई पछ्याउनु भएको छ ।”

इजरायली स्वास्थ्य मन्त्रालयले सोमबार देशभर संक्रमण पुष्टी भएका व्यक्तिको संख्या ४ हजार ६९५ पुगेको जनाएको छ । पछिल्लो एक दिनमा थप १०० जनामा संक्रमण देखिएको पनि मन्त्रालयले स्पष्ट गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस