
भारत । भारतको बरेली सहरमा मजदुरहरुको समुहमाथि कोरोना भाइरस सेनिटाइज गर्न भन्दै रसायन पानी हानिएको छ । सो घटनाको भिडियो सार्वजनिक भएपछि सरकारको व्यापक आलोचना शुरु भएको छ ।
हुन पनि भिडियोमा के देखिन्छ भने मानिसहरुलाई सडक किनारामा बसाएर सरकारी कर्मचारीहरुले किटनासक छर्किरहेका छन् । सो पानीमा सोडिएम हाब्रक्लोराइड नामक रसायन मिसाईएको थियो । सो रसायन पानीमा आउने गन्ध हटाउन प्रयोग गरिन्छ ।
मानव शरिरमा त्यसले हानी गर्छ भने कुनै जिवित प्राणीमा समेत यो छर्कन मिल्दैन । ती मजदुरहरु कोरोना भाइरसको संक्रमण नहोस भनेर सहर छोडि गाउँतिर जाँदै थिए । उनीहरु चढेको बसबाट उतारेर तिनीहरुमाथि रसायन पानी छर्किएको थियो ।
तत्कालै उनीहरुको आँखा पोल्न थाल्यो र त्यसले नकारात्मक असर देखाउन थालेको थियो । तर सरकारी अधिकारीको दबाबका कारण त्यसबारे उनीहरुले कहि कतै रिपोर्ट नगरेको भारतिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस