
काठमाडौँ । चीनले एक सातामै १३ सय र एक हजार गरि २३०० बेडको अस्पताल बनाएझै अमेरिकाले पनि पानीजहाजलाई ए हजार बेडको अस्पताल बनाएको छ । अमेरिकाको न्युयोर्क सहरमा मात्रै करिब एक हजारको मानिसको कोरोना भाइरसका कारण मृत्यु भएपछि यसखालको अस्पताल बनाएको हो ।
अमेरिका कोरोना भाइरसको केन्द्रविन्दुका रुपमा विकास हुँदौ गएपछि द कन्फर्ट नामक जहाजलाई अस्पाल बनाईएको हो । बीबीसीमा उल्लेख भएअनुसार हाल वर्जेनियामा रहेका यो जहाज अबको ८ दिनमा न्युयोर्क पुग्नेछ । यो जहाजमा रहेका १३ वटा कोठाहरु आधुनिक स्वास्थ्य उपकरणबाट भरिपुर्ण छन् भने यसमा सजिलै संग एक हजार भन्दा बढि बेडहरु राख्न सकिने स्थान छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार यो जहाजमा कोरोना संक्रमण भएका बिरामीको भने उपचार हुने छैन् । सो अस्पतालमा कोरोना संक्रमण बाहेकका अन्य बिरामीहरुलाई उपचार गरिनेछ ।
अमेरिकाको न्यूयोर्क सहर अहिले कोरोनाबाट सबैभन्दा बढि प्रभावित सहर हो । मानिसहरु के अनुमान गर्दैछन् भने यहि अवस्था रहे न्यूयोर्कमा मात्र अहिलेको भन्दा तीन गुणा बढि अस्पतालको क्षमता पुर्याउनु पर्ने हुन्छ । (एजेन्सीको सहयोगमा)
प्रतिक्रिया दिनुहोस