
एजेन्सी । भारतको राजधानी दिल्लीको मोहल्ला क्लिनिकका एक डाक्टरमा कोरोना भाइरस पोजिटिभ भेटिएको छ। उत्तर पूर्वी दिल्लीको बाबारपुर क्षेत्रको एउटा घटना भएको हो। उक्त क्षेत्रको प्रशासनले एक सूचना जारी गर्दै भनिएको छ, 'कुनै पनि बिरामी वा व्यक्ति जो यस मोहल्ला क्लिनिकमा मार्च १२ देखि मार्च २० सम्म उपचार गर्न आएका थिए ।
उनीहरु अब आउँदो १५ दिनसम्म उनीहरूको घरमा अलग्गै बस्नु पर्छ।' यसभन्दा पहिले उत्तर पूर्वी दिल्लीको मौजपुर क्षेत्रमा मोहल्ला क्लिनिकका अर्का डाक्टरमा कोरोना पॉजिटिभ भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस